हेटौंडामा द एक्सको कन्सर्ट हुने

कोल्हवी न्यूज
२०८० भाद्र २६, मंगलवार ०८:४२ गते

हेटौंडामा लोकप्रिय सांगीतिक समूह द एक्सको कन्सर्ट हुने भएको छ।

आगामी भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुने भएको हो। हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीव्ररूपमा भइरहेको जानकारी दिएको छ।

नेपाल डाइरिज प्रमुख सागर गजुरेलले दि एक्सले पहिलोपटक हेटौंडामा सांगीतिक प्रस्तुति दिन लागेको बताए। उनले खर्च कटाएर बचत भएको रकम आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीलाई सहयोग गरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*