‘पुरानो सत्रु’ भियतनामसँग अमेरिकाको नयाँ रणनीतिक साझेदारी, चीनलाई चुनौती?

US President Joe Biden (C) flanked by US Secretary of State Antony Blinken hold a meeting with Vietnam’s Communist Party General Secretary Nguyen Phu Trong (unseen) at the Communist Party of Vietnam Headquarters in Hanoi on September 10, 2023. Biden travels to Vietnam to deepen cooperation between the two nations, in the face of China’s growing ambitions in the region. (Photo by SAUL LOEB / AFP)
ठूलो मानवीय र आर्थिक स्रोत खर्च गरेर ८ वर्षसम्म लडेको युद्ध हारेर गएको अमेरिका आधा सताब्दीपछि भियतनाममा ‘फर्किएको’छ। अन्तिम अमेरिकी सैनिकले भियतनाम छाडेको ५० वर्षभन्दा बढी समयपछि राष्ट्रपति जो बाइडेनले भियतनामसँग नयाँ रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन्। जसलाई ‘पूर्व शत्रुहरू’लाई पहिलेभन्दा नजिक ल्याउने प्रयासको रुपमा बुझिएको छ।
भियतनामसँगको व्यापक रणनीतिक साझेदारीलाई अमेरिकाले ‘प्रमुख सम्बन्ध अपग्रेड’का रुपमा लिएको छ। यो साझेदारी भियतनामसँगको सम्बन्धलाई बलियो बनाउन विगत २ वर्षदेखि वासिङ्टनले गरेको अथक प्रयासको परिणति हो, जसलाई उसले एसियामा चीनको प्रभावलाई रोक्नको लागि महत्त्वपूर्ण मानेको छ।
वासिङ्टनसँगको साझेदारी चीनको सबैभन्दा पुरानो र कट्टर मित्र भियतनामले विस्तार गरेको उच्चस्तरीय कूटनीतिक सम्बन्ध हो।
बाइडेनले हनोइमा पत्रकारसँग कुरा गर्दै अमेरिकी कार्यहरू चीनलाई समावेश गर्ने वा अलग गर्नेतर्फ लक्षित नहुने बताए। अमेरिकी कार्यहरु अन्तर्राष्ट्रिय नियमनुसार स्थिरता कायम राख्नको लागि भएको उनको दाबी थियो।
बाइडेनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एसिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताए। व्यापार, सुरक्षा र अधिकारका विषयमा २ शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको उनको भनाइ थियो।
बाइडेनले नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताए।
वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाए।
बाइडेनले हनोइमा भएको पत्रकार सम्मेलनमा भने, ‘अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ।’
उनले चीनसँगको तनावलाई सङ्केत गर्दै भने, ‘म चीनलाई ‘समेट्न’ चाहन्नँ । म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ। जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ।’










