‘दिमाग खराब’ टिजरमा जनता र शक्तिको कथा

कोल्हवी न्यूज
२०८० भाद्र २२, शुक्रबार १३:४५ गते

निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’सँग हलमा देखाएपछि युट्युबमा सार्वजनिक गरिएको टिजरमा जनता र शक्ति (राजनीति)बीचको रस्साकस्सीलाई देखाइएको छ । अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ ।

आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । ‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । फिल्म ‘लुट २’पछि उनी निर्देशनबाट टाढा रहेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*