हेटौंडा-५ बुद्धमार्गमा हरिहर नारायण मन्दिरको शिलान्यास

कोल्हवी न्युज
२०८० भाद्र २१, बिहीबार ११:१८ गते

हेटौंडा:हेटौंडा उपमहानगरपालिका-५ बुद्धमार्गमा हरिहर नारायण मन्दिरको शिलान्यास गरिएको छ ।

बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाको भवन तर्फ १५ लाख र मन्दिरलाई ८ लाख गरी जम्मा २३ लाख लागत सहयोगमा निर्माण हुने मन्दिर र भवनको बुधबार हेटौंडा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँले शिलान्यास गरेका हुन् ।

मन्दिरको शिलान्यास कार्यक्रममा बानियाँले धर्म,सस्कृति र परम्परा जोगाइराख्न सबै लाग्नुपर्ने बताए । उनले सबै धर्म,सस्कृति र चाडपर्वलाई समानरुपमा हेर्ने बानीको बिकास हुनुपर्ने बताउदै हरिहर मन्दिर निर्माणका लागि उपमहानगर र आफ्नो व्यक्तिगत तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

शिलान्यास कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थान बोर्डका अध्यक्ष प्रताप बिस्टले मन्दिरका लागि निशुल्क खानेपानीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।

हरिहर नारायण मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष यम प्रसाद चौलागाई को अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानदिप टोल विकास समितिका अध्यक्ष शालिग्राम चौलागाईं,हेटौंडा उप-महानगरपालिका-५ का वडाध्यक्ष शुशील घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*