घरेलु हिंसाको आरोपपछि एन्टोनीलाई ब्राजिलले राष्ट्रिय टिमबाट हटायो

कोल्हवी न्यूज
२०८० भाद्र १९, मंगलवार ११:०७ गते

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर एन्टोनीलाई आफ्नी पूर्वप्रेमिकाले दुर्व्यवहार गरेको आरोप लगाएपछि ब्राजिलले राष्ट्रिय टिमबाट हटाएको छ।

ब्राजिल फुटबल महासंघले आरोपपछि अनुसन्धान गर्नुपर्ने भन्दै २३ वर्षीय एन्टोनीलाई टिमबाट फिर्ता पठाएको बताएको बिबिसीले उल्लेख गरेको छ।

यसअघि ब्राजिलियन मिडिया यूओएलले सोमबार एन्टोनीकी पूर्वप्रेमिकाले लगाएको आरोपबारे समाचार छापेको थियो।

साओ पाउलो र ग्रेटर म्यानचेस्टरमा प्रहरीले उनको आरोपबारे अनुसन्धान गरिरहेको छ।

आरोपको एन्टोनीले अस्वीकार गरेका छन्। एन्टोनीले सामाजिक सञ्जालमा भनेका छन्, ‘म शान्तपूर्वक भन्न सक्छु कि आरोपहरू गलत छन्। मलाई विश्वास छ कि प्रहरी अनुसन्धानले मेरो निर्दोषताको सत्यता देखाउनेछ।’

एन्टोनीलाई गत जनवरी १५ मा म्यानचेस्टर होटलको कोठामा पूर्वप्रेमिका गेब्रिएला काभलिनमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो।

पूर्वप्रेमिकाले आफूमाथि एन्टोनीले ‘हेडबटले’ आक्रमण गरेको आरोप लगाएकी छिन्। जसका कारण उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि डाक्टरबाट उपचार गरिएको थियो।

उनले आफूलाई एन्टोनीले छातीमा मुक्का हानेको पनि आरोप लगाएकी छिन्। एन्टोनीले पूर्वप्रेमिकासँगको सम्बन्ध राम्रो नभएको तर उनीमाथि आफूले शारीरिक आक्रमण नगरेको दाबी गरेका छन्।

ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी) ले ‘आरोपहरू बारे सचेत छ र यस रिपोर्टको वरपरका परिस्थितिहरू स्थापित गर्न अनुसन्धान जारी छ’ भन्दै थप टिप्पणी नगर्ने बताएको छ।

एन्टोनीलाई बोलिभिया र पेरुविरुद्धको विश्वकप छनोटको खेलअघि राष्ट्रिय टिमबाट हटाएपछि ब्राजिलले आर्सनलका स्ट्राइकर ग्राब्रियल जेससलाई टिममा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*