कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते

कोल्हवी न्यूज
२०८० भाद्र १५, शुक्रबार ०६:५२ गते

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।

बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा १० जनाको ज्यान गएको बताइएको थियो । तर यो घटनामा कम्तीमा ४८ जनाले ज्यान गुमाएका अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ७५ जना घाइते भएका छन् ।

प्रदर्शनमा संलग्न रहेको आरोपमा एक सय ६८ जना पक्राउ परेका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि मारिएका प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*