एसिया कप क्रिकेट- नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ ।
सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।
नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली विश्वकप क्रिकेट बिजेता टोली हुन् ।










