तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु
भारतको स्टेट तमिलनाडुको मदुराईमा तीर्थयात्री चढेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै दुर्घटना भएकाे हाे।
ट्रेनमा भएका ५५ जनाकाे उद्दार गरिएकाे छ।
मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रामेश्वर जाँदै थिए।
एक प्रत्यक्षदर्शीले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए। रेलवेले जारी गरेको विज्ञप्तिमा यात्रुले अवैध रूपमा ग्यास सिलिन्डर ल्याएको बताइएको छ ।
यसैबीच दक्षिणी रेलवेले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
रेलवेका अनुसार डिब्बामा आगो लागेपछि धेरै यात्रु तल ओर्लिएका थिए। आगलागी हुनुअघि नै केही यात्रु प्लेटफर्ममा ओर्लिएका थिए।
अधिकारीहरूले यससम्बन्धमा अनुसन्धान गरिरहेका छन्।