नेपाली कलाकारहरुको कार्यक्रम गर्ने आकर्षक गन्तब्य बन्दै लण्डन

कोल्हवी न्यूज
२०८० भाद्र ८, शुक्रबार १३:५६ गते

बेलायतको राजधानी लण्डन यतिबेला नेपाली कलाकारहरुको कार्यक्रम गर्ने आकर्षक गन्तब्य भएको छ । त्यसै शिलशिलामा हालै सम्पन्न सुम्निमा सांगीतिक साँझ २०२३ नामक अर्को कार्यक्रममा दर्शकलाई हसाउन लण्डन पुगेका थिए चर्चित हास्य कलाकार फुलन्देको आमा अर्थात उमेश राई ।

उनलाई साथ दिन नेपालदेखि नै गएका गायक द्धोय प्राज्ञ भिषण मुकारुङ राई र निश्चल राईले पनि प्रस्तुती दिएका थिए ।

उता बेलायतमै स्थायी बसोबास गर्दै आएका अन्य कलाकारहरु श्याम सामसोहाङ राई जानुका राई तारा लक्सम लिम्बु र किसन राईले पनि साथमा साथ दिए ।

नेपालीहरुले नै सञ्चालन गरेका डि लाउन्ज रेष्टरेण्टमा मा आयोजित उक्त कार्यक्रममा जानुका राईले आफनो चर्चित मुन्दुमी गीत नाना छापारी गाएर कार्यक्रमको शुरुवात गरेका थिए ।

त्यसपछि गायक श्याम सामसोहाङ राईले आफनो नयाँ गीत लहै बरी लैलै पुराना गीतहरु मुर्चुगामा राएँ, मैच्याङ हौ मैच्याङ हौ, लगायत गीतहरु गाएर दर्शकलाई निकै बेर नचाएँ ।

उनीपछि नेपाली ताराका रनरअप तारा लक्सम लिम्बले आफना लोकप्रिय गीतहरु सुनाए । त्यसपछि फुलन्देको आमा चस्मा लाएर आए दर्शक हसाउन । उनले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाँए ।

उनले हसाँएन मात्र नेपाली गीतमा नाचेर गाएर सबैलाई छमछमी नचाए पनि । करिब १ घण्टासम्म फुलन्देको आमाले भरपुर मनोरञ्जन दिएका थिए ।

उनीपछि गायक किसन राई खोर्सानी डल्ले गायक प्राज्ञ भिषण मुकारुङ र निश्चल राईले आआफनो गीत मार्फत दर्शकलाई अबेर रातीसम्म नचाई रहे ।

सुम्निमा इन्टरटेण्मेण्ट युकेले पहिलो पटक त्यस्तो कार्यक्रम आयोजनामा गरेको थियो र भबिश्यमा यसलाई निरन्तरता दिने आयोजकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*