हङकङमा लाग्यो रोजगार मेला, ५० बढी कम्पनीमा खुल्यो जागिर

कोल्हवी न्यूज
२०८० भाद्र ६, बुधबार ०८:०६ गते

हङकङमा बहुसांस्कृतिक कार्यस्थल रोजगार मेला सुरु भएको छ। डीएबी पार्टीको जातीय अल्पसंख्यक सेवा केन्द्र र श्रम विभागको संयुक्त आयोजना मेला सुरु भएको हो।

मेलामा ५० कम्पनीका साथै विभिन्न एनजीओ, सेवा उद्योग र सरकारी विभागहरूमा जागिरका लागि आवेदन दिन सकिनेछ।

रोजगार मेला मंगलबार र बुधबार (२२–२३ अगस्ट २०२३) हुनेछ।

हङकङ समय बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने यस मेलामा रोजगारमा जान इच्छुकहरूको अन्तर्वार्ता लिइनेछ।

मंगलबारबाट सुरु भएको मेलामा श्रम विभागको तर्फबाट विभागकी कमिसन मे चान र डीएबीका तर्फबाट डेरेक हङले तालिम, पाठ्यक्रम र रोजगारीका बारेमा जानकारी गराएका थिए।

त्यस्तै, हङकङ प्रहरी बल र सुधार सेवा विभागका अधिकारीहरूले जातीय अल्पसंख्यकहरूका लागि जागिरको अवसरबारे जानकारी गराएका थिए।

 

 

‘बहुसांस्कृतिक रोजगारी खोज्नेहरूका लागि श्रम विभाग हङकङद्वारा रोजगार मेला!’ नाम दिइएको यस मेलाका बारेमा इच्छुकहरूले फोनबाट पनि बुझ्न सक्नेछन्।

इच्छुकहरूले +८५२ ६०१६ ५५५४ मा निश्चिन्त र +८५२ ९३८९ १२४३ मा फोन गरेर श्रेया वा विनीमार्फत् जानकारी लिन सक्नेछन्।

मेला काउलुनको मङककस्थित म्याकफर्सन स्टेडियममा सञ्चालन भइरहेको छ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*