प्रिमियर लिगमा म्यानचेस्टर सिटी, टोटनह्याम, लिभरपुल विजयी : म्यानचेस्टर युनाइटेड पराजित

कोल्हवी न्यूज
२०८० भाद्र ३, आईतवार ०८:१४ गते

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आज बिहान भएको खेलमा सिटीले न्युक्यासललाई १–० गोलले हराउँदै तीन अङ्क जोडेको छ । उसको दुई खेलमा ६ अङ्क भएको छ ।

त्यस्तै, गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । टोटनह्यामले दुई खेलमा ४ अङ्क जोडेको छ । उसले पहिलो खेलमा ब्रेन्टफोर्डसँग दुई गोलको बराबरी खेलेको थियो ।

हिजो भएको अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ३–१ गोलले हरायो । उसले दुई खेलमा ४ अङ्क जोडेको छ । त्यस्तै, ब्राइटनले उल्भ्सलाई ४–१ गोलले हराउँदा ब्रेन्टफोर्डले फुलह्यामलाई ३–० गोलले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*