महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने

कोल्हवी न्यूज
२०८० श्रावण ३०, मंगलवार ०८:४० गते

फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको विश्व च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ र २०११ को च्याम्पियन जापानलाई २–१ ले हराएको थियो । यो टोली राम्रो लयमा छ ।

यस्तै, स्पेन आफ्नो समूह खेलहरूमा जापानसँग ०–४ ले पराजित भए पनि क्वार्टरफाइनलमा अतिरिक्त समयमा गोल गर्दै डिफेन्डिङ उपविजेता नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*