वेस्ट इन्डिजले जित्यो ट्वान्टी–२० सिरिज
ब्रान्डन किंगको उत्कृष्ट नटआउट ८५ रनको मद्दतले वेस्ट इन्डिजले आइतबार पाँचौं तथा अन्तिम खेलमा भारतलाई आठ विकेटले पराजित गर्दै ट्वान्टी–२० सिरिज ३–२ ले जितेको छ ।
जितका लागि १ सय ६६ रनको लक्ष्य पाएको वेस्ट इन्डिज दुई ओभरको खेल बाँकी छँदै त्यसलाई आत्मसात् गर्न सफल रह्यो । त्यसमा निकोलस पुरन ले ४७ रन बनाए । किंग र पुनरले १ सय ७ रनको साझेदारी गरे ।
गत महिना वान डे विश्वकपमा छनोट हुन असफल रहेयता वेस्ट इन्डिजले यो उत्साह बढाउने सिरिज जित निकालेको हो । किंगले आफ्नो खेल जीवनकै उच्च ट्वान्टी–२० स्कोर बनाउन छ चौका र पाँच चौका प्रहार गरे ।एएफपी










