रुसले सेना फिर्ता गरे शान्ति वार्ता हुने

कोल्हवी न्यूज
२०८० श्रावण २६, शुक्रबार ०८:४१ गते

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् ।

इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।”

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले “अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू” अपनाउँन चाहेको उल्लेख गरेका छन्।

गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*