फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल आजबाट सुरु
२०८० श्रावण २६, शुक्रबार ०८:२९ गते
फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपका क्वाटरफाइनलमा आज स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन खेल्नेछन् ।
स्पेन र नेदरल्याण्ड्सको खेल विहान पौने ७ बजे सुरुहुने छ भने जापान र स्वीडेनबीचको खेल दिउँसो सवा १ बजे सुरुहुने छ ।
यसैगरी, १२ अगस्टमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।










