ट्वीटर भवनका फर्निचर र लोगो लिलाम गरिँदै

कोल्हवी न्यूज
२०८० श्रावण २६, शुक्रबार ०८:०६ गते

ट्वीटरको नाम बदलेर ‘एक्स’ राखेका एलन मस्कले ट्वीटर भवनका फर्निचर र पुरानो लोगो लिलाम गर्ने भएका छन् ।

अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वाटरबाट पुरानो लोगो, कफी टेबल, कुर्सि, वाद्य यन्त्र, फोटो, पिँजडा, पेन्टिङ, लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो ।

ट्वीटरको नाम ‘एक्स’ नाम राखे पनि कार्यालयमा पुरानै लोगो ९नीलो रंगको चरो० कायम छ । मस्कले उक्त लोगो पनि लिलाम गन लागेको बीबीसीले जनाएको छ ।

लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुने छ । लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागिएका वस्तुहरुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*