वेस्ट इण्डिजमाथि भारतको सानदार जित, सूर्यकुमारको आक्रामक ब्याटिङ

वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १ सय ६० रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सूर्यकुमार यादवले आक्रामक ब्याटिङ गरे ।
४४ बलको सामना गरेका उनले १० चौका र ४ छक्कासहित सर्वाधिक ८३ रन बनाए । यस्तै, तिलक वर्माले ३७ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ४९ रनको पारी खेले ।
यस्तै, कप्तान हार्दिक पाण्ड्याले अविजित २०, शुभमन गिलले ६ र यशस्वी जैसवालले १ रन जोडे । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले २ र ओबेद म्याककोयले १ विकेट लिए ।
गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
उसका लागि ब्रेण्डन किंगले ४२, कप्तान रोभम्यान पावेलले अविजित ४०, कायल मेयर्सले २५, निकालेश पूरनले २० र जोनसन चार्ल्सले १२ रन बनाए । भारतका लागि कुलदीप यादवले ३, मुकेश कुमार र अक्षर पटेलले १र१ विकेट लिए ।
यो जितपछि भारत सिरिजमा जीवितै रहेको छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः ४ रन र २ विकेटले पराजित भएको थियो । भारत र वेस्ट इण्डिजबीचको चौथो खेल शनिबार हुनेछ ।










