फिफा महिला विश्वकप : प्रि क्वाटरफाइनलमा अन्तिम खेल हुँदै

कोल्हवी न्यूज
२०८० श्रावण २३, मंगलवार ०७:४८ गते

फिफा महिला विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलका अन्तिम २ खेल आज हुँदै छ । अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने ६ टिमको टुंगो लाग्दा आजका खेलमा विजयी हुने २ टिमसँगै क्वाटरफाइनल समिकरण पूरा हुने छ ।

नेपाली समय अनुसार दिउँसो पौने २ बजे कोलम्बो र जमैका आमने सामने हुने छन् । कोलम्बिया समूह एचको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा जमैका भने समूह एफबाट उप विजेताको हैसियतामा पुगेको हो ।

यसैगरी आजै अपरान्ह पौने ५ बजे फ्रान्स र मोरक्को आमने सामने हुने छन् ।

फ्रान्स समूह एफबाट विजेता बन्दा मोरक्कको समूह एचको उप विजेता बनेको थियो ।

अहिलेसम्म स्पेन र नेदरल्याण्ड्स, जापान र स्वीडेनको सेमिफाइनलमा प्रवेशका लागि भिडन्त हुने छ भने अस्ट्रेलिया र इंग्ल्याण्डका प्रतिद्वन्द्वी आजका विजेता हुने छन् । एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*