पर्सामा बलात्कार, हत्यालगायत गम्भीर अपराधका घटनामा वृद्धि

कोल्हवी न्यूज
२०८० श्रावण २०, शनिबार २१:५० गते

पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भीर अपराधका घटनाहरूमा वृद्धि भएको छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा गत आर्थिक वर्ष २०७९र८० मा बलात्कार, हत्या लगायतका गम्भीर अपराधका घटनाहरू बढेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा जबरजस्ती करणी (बलात्कार), जबरजस्ती करणी उद्योग, कर्तव्य ज्यान (हत्या), बाल यौन दुर्व्यवहार, मानव बेचबिखन गरी गम्भीर अपराध सम्बन्धी ६६ वटा मुद्दा दर्ता भएका थिए ।

तर गत आर्थिक वर्ष २०७९र८० मा भने उक्त अपराधको सङ्ख्या बढेर ७८ वटा मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक ९एसपी० कोमल शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार गत आर्थिक वर्षमा सबै भन्दा बढी बलात्कार र बलात्कार सम्बन्धी घटना भएका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरी ५४ वटा मुद्दा दर्ता भएको शाहले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा भने पर्सा प्रहरीमा बलात्कारका ३४ र बलात्कारको प्रयासका १३ वटा गरी ४७ वटा मात्र मुद्दा दर्ता भएको थियो ।

पर्सामा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बलात्कार र बलात्कारको प्रयासका गरी ७ वटा घटना बढी भएको प्रहरी उपरीक्षक शाहले बताए ।

यस्तै पर्सा प्रहरीमा गत आर्थिक वर्षमा कर्तव्य ज्यान ९हत्या० सम्बन्धी १६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्तव्य ज्यान सम्बन्धी ११ वटा मात्र मुद्दा दर्ता भएको थियो ।

यसै गरी पर्सा प्रहरीमा गत आर्थिक वर्षमा बाल यौन दुर्व्यवहारका ४ र मानव बेचबिखनका पनि ४ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शाहले बताए । जबकि अघिल्लो आर्थिक वर्षमा भने बाल यौन दुर्व्यवहारका १ र मानव बेचबिखनका ७ वटा मुद्दा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कार सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या बढ्नुको विभिन्न कारणहरू रहेको प्रहरी उपरीक्षक शाहले बताए ।

गाउँघरमा पछिल्लो समय विवाहको उमेर नपुगेका किशोरी आफ्नो प्रेमीसँग भागेपछि किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा दर्ता गराउने गरेका कारण बलात्कारका मुद्दा दर्ताको सङ्ख्या बढेको उनले बताए ।

यसका साथै लिभिङ टुगेदरमा रहेका प्रेमी प्रेमिका बिच पछि गएर सम्बन्ध बिग्रिएपछि प्रेमिका ९युवती वा महिला० ले प्रेमी विरुद्ध बलात्कारको मुद्दा दर्ता गराउने गरेका कारणले पनि बलात्कार सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या बढी देखिन गएको उनले बताए ।

शाहले भने, ‘केही त वास्तविक रूपमै जबरजस्ती करणी गरेका घटना भएका छन्, तर त्योसँगै केटासँग भागेका केटी ९१८ वर्ष भन्दा कम उमेरका० का अभिभावकले आफ्नी छोरीको बलात्कार भयो भनेर मुद्दा दर्ता गराउँछन्, जुन कानुन अनुसार पनि जबरजस्ती करणी नै हुन्छ ।’

यसका साथै पछिल्लो समय प्रहरी प्रति बढ्दै गएको जनविश्वास र प्रहरी कहाँ पुगे न्याय पाइन्छ भन्ने चेतना पनि जनमानसमा बढ्दै गएका कारणले पनि बलात्कार सम्बन्धी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको शाहले बताए ।

शाहले भने, ‘पहिले पहिले यस्ता घटनाहरू सामाजिक दबाब लगायतका कारणले गाउँघरमै मिलापत्र गराएको भेटिन्थ्यो, प्रहरीसामु ती घटना आउनै पाउँदैनथ्यो तर पछिल्लो समय जनचेतना बढ्दै गएको छ, प्रहरीकोमा पुगे न्याय पाइन्छ भन्ने प्रहरीप्रतिको जनविश्वास बढ्दै गएको कारणले प्रहरीकोमा ती घटनाहरू आइरहेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*