रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला

कोल्हवी न्यूज
२०८० श्रावण २०, शनिबार ०८:१३ गते

युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ। विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ।

आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो। रुस(युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो।

विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक सी पोर्ट नौसेनाको आधार हो। त्यहाँ एक जहाज निर्माण यार्ड र एक तेल टर्मिनल पनि छ। निर्यातका लागि बन्दरगाह महत्वपूर्ण छ। यो क्रिमिया र युक्रेन को लगभग ११० किलोमिटर पूर्व स्थित छ। युक्रेनको सुरक्षा सेवाका एक अधिकारीले उक्त हमला देशको नौ सेना र सुरक्षा सेवाले संयुक्त रुपमा गरेको बताए।

जसका कारण रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ।आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि देशको सुरक्षा सेवा ९एसबीयू० बाट सो रिपोर्ट प्राप्त गरिएको हो। तर,उनले प्रतिवेदनमा के छ भन्ने कुरा भने खुलाएनन्। उनले भने कि ुम यति मात्र भन्न चाहन्छु कि हामी सबै युक्रेनको सुरक्षा सेवाप्रति आभारी छौँ।ुयसअघि बुधबार रूसी ड्रोनले युक्रेनको ओडेसामा अनाज केन्द्रहरूमा ठूलो क्षति पुर्‍यायो, जसले ठूलो आगलागी गर्‍यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*