अदृश्य उत्कृष्ट बनेको दाबी

कोल्हवी न्यूज
२०८० श्रावण १७, बुधबार ०८:०१ गते

आगामी शुक्रबार फिल्म अदृश्य एउटा उत्कृष्ट फिल्म बनेको दाबी यसका कलाकार तथा निर्माता निर्देशकले गरेका छन्।

कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि सम्झौता नगरी काम गरेकाले आप्mनो डेब्यु निर्देशकीय फिल्म अदृश्य उत्कृष्ट बिनेको यसका निर्माता, निर्देशक प्रल्हाद काफ्लेले दाबी गरे। उनका अनुसार फिल्मको नाम पहिले ए राखिए पनि पछि कथालाई सुहाउने गरी अदृश्य राखिएको उनले खुलाए। फिल्मका मुख्य अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीका बीच छायांकन गरिएको फिल्मको सार्वजनिक पोस्टर, गीत र टझेलरले दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने र फिल्म रुचाउने विश्वास व्यक्त गरे। ञनेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम फिल्म बन्ने भएकाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाइमा पर्न सक्छन्ु अग्रहरीको भनाइ थियो ञमेरो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझेको छु। फिल्मका अर्का मुख्य कलाकार प्रवीण खतिवडाले पनि फिल्मम राम्रो बनेकाले दर्शकले रुचाउने बताए। ञप्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवि गिरीजस्ता अग्रज कलाकारसँग काम गर्दा रमाइलो भयो। केही नयाँ कुरा सिक्न पनि पाएँ, खतिवडाले भने। फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले अदृश्यबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताइन्।

पिताम्बर फिल्म्सको ब्यानरमा मीना बस्नेत र उमारुध्रगा काफ्लेद्वारा निर्मित फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापति, प्रिन्स प्रसिड सिंह थापा, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायतका कलाकारले अभिनय गरेका छन्।

राकेश रणपालको कथा, आकाश उखेडाको पटकथा र संवाद, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन तथा बनिश शाहको सम्पादन रहेको फिल्म प्रल्हाद काफ्लेको डेब्यु निर्देशनको फिल्म हो। रविन अधिकारी र रिकेश खत्री सह–निर्माता रहेको फिल्म आरआर फिल्म्स्ले वितरण गर्दै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*