मुद्दा पर्ने डरले माफी मागेका सदस्य बचाउका लागि पालिकाले निकाल्यो प्रेस बिज्ञप्ती

कोल्हवी न्युज
२०८० श्रावण १७, बुधबार ०७:०५

कोल्हवी:समाजिक संजाल फेसबुकमा चरित्र हत्या गरेको भन्दै मुद्दा दिने कुरा बाहिरिए पछि लिखित रुपमा सहमती भई माफी मागीसकेका सदस्य बचाउका लागि बाराको करैयामाई गाउँपालिकाले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

उक्त पालिकाका सदस्य सुरेन्द्र साहले केही दिन अगाडी वडा नम्बर ८ का नविन चौधरी र उनको बुवा समेतको नाम जोड्दै चरित्र हत्या गर्ने मनसायले समाजिक संजाल फेसबुकमा लेखेका कुराको बिषयलाई लिएर पिडितले मुद्दा गर्ने भए पछि आफ्नो गल्ती स्विकार गर्दै माफी मागेका बिषयमा बिभिन्न संचार गृहले समाचार लेखे पछि पालिकाले बिज्ञप्ती जारी गरेको हो ।

पालिकाको उपाध्यक्ष तथा न्याय पालिका संयोजक सुनैना कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी लगायतका प्रनिनिधिहरुको रोहबरमा लिखित सहमती गराई माफी मगाइए पनि सो कुरा लिएर चेरवन्त खबर र कोल्हबी न्युजमा समाचारले लेखेको भन्दै प्रेस बिज्ञप्ती जारी गर्नु आफै बोक्सी आफैं झाक्री भने झै प्रमाणित भएको छ ।

स्थानिय चुनावमा मात खाइसकेका एउटा हारेको ब्याक्तीलाई नेपाल सरकारको स्थानिय तहमा पालिका सदस्यमा मनोनित भएको साहलाई बिभिन्न प्रतिनिधीको रोहबरमा माफी मगाएर पनि यसरी बिज्ञप्ती निकाल्दा लाज पनि लजाएको छ ।

पालिका सदस्य साहले फेसबुकमा लेखेका कुरा गल्ती हो भन्ने कुरा उनलाई महशुस भएपछि पोष्ट हटाइएका कारण उनी दोषी हो भन्ने प्रमाणित हुँदा हँदै पनि र आफ्नो पार्टिको बदनाम नहोस भन्ने कुरालाई मनन गरी न्यायीक समितिका संयोजक चौधरीले माफी मगाएको हुन सक्ने पिडित नविन चौधरीको भनाई रहेको छ ।

बेला बखत बिभिन्न संचार माध्यमबाट पालिका सदस्य साहको कर्तुतको बिषयमा समाचार आइरहे पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन। त्यस क्षेत्र बाट शक्तिशाली ओहोदामा प्रदेश र संघमा रहेका नेताहरुको कारणले पनि मनलाग्दि भैरहेको कतिपयको ठम्याई रहेको छ। भनिन्छ´अन्धाको देशमा कानु राजा`भन्ने उखानको पुष्टि भएको सहजै अनुमान लगाउन सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*