मोरङमा प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

कोल्हवी न्यूज
२०८० श्रावण १४, आईतवार ०८:४४

मोरङको केराबारीबाट एउटै मोटरसाइकलमा सवार रहेका तीन जना शनिबार साँझ पक्राउ परेका छन्। दुई जनाको साथबाट प्रतिबन्धित औषधि बरामद भएको छ।

प्रहरीका अनुसार केराबारी गाउँपालिका–७ मा रोकेर चेकजाँच गर्दा को ३९ प ११०३ नम्बरको मोटरसाइकलमा सवार रहेकाको साथबाट प्रतिबन्धित औषधि बरामद भएको हो।

नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधिसहित केराबारी–६ का २४ वर्षीय प्रेम परियार, केराबारी–१० का २४ वर्षीय विजय मगर र केराबारी–७ का २२ वर्षीय विजय सुन्दासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार परियारको साथबाट प्रतिबन्धित औषधि स्पास्पेन ५६ ट्याब्लेट र ट्रामाडोल ५१ ट्याब्लेट तथा मोटरसाइकल चालक मगरको साथबाट ६ ट्याब्लेट स्पास्पेन तथा ६ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ। खानतलासी गर्दा परियारको घरबाट ३ सय ३० ट्याब्लेट स्पास्पेन र ३ सय ३० पिस ट्रामाडोलसमेत बरामद भएको दाहालले बताए।

मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको उनको भनाइ छ। बरामद भएको औषधिसहित मोटरसाइकल र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाइने प्रहरीले जनाएको छ। अन्नपुर्णपोष्टबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*