बारामा श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गर्यो
कोल्हवी:बारा प्रहरीले आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती २२ वर्षीया आसमिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार राज्यको जिल्ला पुर्वी चम्पारण थाना ढाका ग्राम पचपकडी वार्ड नम्बर १४ रुपैलिया टोलमा घर भएका मोहमद मुस्ताक अहमदको छोरा वर्ष ३१ को मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
सिम्रौनगढ नगरपालिका-६ बजारटोलमा बस्ने जहिर मियाँको बिवाहित छोरी माईती घरमा बस्दै आएकी आसमिन खातुनलाई मोहमद अमानुल्लाह मियाँले ससुराली घरमा आएर मौका छोपी आफ्नो श्रीमतीलाई घरायसि बिवादमा मासु काट्ने धारिलो हतियार प्रयोग गरि खातुन सुती रहेको अवस्थामा घाँटी अगाडीको भागमा तथा शरीरको बिभिन्न भागमा प्रहार गरी घाँटी रेटी हत्या गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
मृतक २२ वर्षिय खातुनको २ छोरा र १ छोरी रहेको थिए भने माईती घरमा बस्दै आएकी खातुनमाथि पहिला पनि पटक पटक आक्रमण गर्ने गरेको अभियुक्त मोहमद अमानुल्लाह मियाँ उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।
साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।