दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

कोल्हवी न्यूज
२०८० श्रावण ८, सोमबार १३:४६

दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ ।

सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको हो।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो। उज्यालोबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*