किड्नीको अपरेशन गर्दा विर अस्पतालको चरम लापरवाहीले आन्द्रामा प्वाल,बारा कोल्हवी-४कि बिष्णु कुवरको ज्यान गयो

कोल्हवी न्युज
२०८० श्रावण ७, आईतवार १८:०५

कोल्हवी:नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको वीर अस्पताल एक हो । तर वीर अस्पतालको चरम लापरवाहीका कारणले एक जना विरामीको ज्यान गएको छ । बैशाख १३ गते किड्नीको अपरेशन गर्दा डाक्टरले विरामीको आन्द्रामा घाउ पारिदिएका कारण उनकाे ज्यान गएकाे हाे ।

बारा कोल्हवि नगरपालिका‍- ४ स्थायी घर भएकी ४३ बर्षिय विष्णु कुँवरको वैशाख १३ गते वीर अस्पतालका डाक्टर अनिल श्रेष्ठ, बैकुण्ठ अधिकारीको टिमले किड्नीको अपरेशसन गर्दा आन्द्राकाे ३ /४ ठाउँमा प्वाल पारेको खुलेको थियो।अपरेशनपछि विरामीको अवस्था अझ नाजुक बन्दै गएपछि उक्त तथ्य खुलेको थियो ।

किड्नीको अपरेशन गरेको ३/ ४ दिन पश्चात विरामीको घाउको प्वालबाट पिप र खाएको खानासमेत बाहिर निश्किएको थियो । विरामी झन्झन् सिरियस भएपछि पुन: चेकजाँच र अपरेशन गर्दा आन्द्रामा प्वाल परेको पत्ता लागेकाे थियो । किड्नीको समस्या भन्दा पनि अपरेशन पछि विरामीकाे आन्द्रामा पारिएको प्वालका कारण चरम कष्ट देखियो । खान, बस्न सुत्न नसकेपछि कहिले आइसियू कहिले भेन्टिलेटरमा राखियो ।

त्यसपछि तिनै डाक्टरले हजारमा एक/दुई जनामा यस्तो हुनसक्ने भने पछि उनीहरुकै सल्लाहमा आन्द्राको समेत अपरेशन गरिएको थियो । लगातार विरामीको अवस्था झन्झन नाजुक बन्दै गयाे । अस्पतालले विरामीको पटक पटक सिटी स्क्यान गराएको थियो ।सिटी स्क्यानको रिपोर्टमा ठिक रहेको डाक्टरले बताएका थिए ।

अपरेशनपछि अझ विरामीमा प्यारालाइसिस् समेत देखियो । अपरेशनमा कमजोरी भएकै कारण प्यारालाइसिस् देखिएको अस्पतालकै स्वास्थ्यकर्मी स्वीकार छन् । खुलेरप्रष्ट नबोलेपनि अपरेशनमा गल्ती भएको उनीहरुको स्वीकारोक्ति छ ।

त्यतिमात्र कहाँ हाे र विरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने बहानामा अस्पतालले लाखौँ असुलेको विरामीका आफन्तले बताएका छन् ।‘महिनौदेखि औषधिउपचारमा लार्खौं खर्च भएको छ अझ ४/५ दिनदेखि मरेको मान्छेलाई भेन्टिलेटरमा राखेर उपचारको नाउँमा खर्च गराइरहेको छ ।’ पीडितका आफन्तले भने, ‘अपरेशनमा डाक्टरको लापरवाहीले विरामीको ज्यान गएको हो ।

अस्पतालका डाइरेक्टरले पनि डाक्टरकै कमजोरीका कारण यस्तो भएको स्वीकार्नु भएको छ । तर उहाँ, हामी केही गर्न सक्दैनौं तपाइँहरु जे गर्नसक्नु हुन्छ गर्नु भन्नुहुन्छ ।’ उनले भने, ‘हाम्रो पीडा कस्ले सुन्ने, अस्पतालको लापारवाहीकाे कारण ज्यानको क्षति भयो, पैसा सबै सकियो, घरखेत बेच्नु पर्ने अवस्थामा छौं ।’

आफ्नो कमजोरी खुल्ने डरले अस्पतालले मरिसकेको मान्छेलाई मृत घोषणा गर्न नसकेको उल्टै उपचारका नाममा दिनहुँ ८–१० हजार लिइरहेको उनीहरुले बताए । ‘हाम्रो विरामीको मृत्यु भइसकेको छ, खै किन हो अस्पताल भेन्टिलेटरमा राखेर खर्च गराइरहेको छ ।’ विरामीका ज्वाईले भने ।

अस्पतालले न्यूरो र अन्य सम्बन्धित डाक्टरले भने बमोजिम सबै प्रकारका औषधी उपचारमा दैनिकजसो करिव १० हजारसम्मको खर्च भएको पीडित पक्षको आरोप छ । अस्पताल र डाक्टरको लापरबाहीका कारण विरामीको ज्यान गएको हो।३ घुम्ति बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*