मेक्सिकाे : रक्सीले मातेका व्यक्तिले बारमा आगाे लगाउँदा ११ जनाकाे ज्यान गयाे

कोल्हवी न्यूज
२०८० श्रावण ७, आईतवार १७:४३ गते

उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार ९रात्रि क्लब० मा आगो लगाउँदा ११ जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिवार यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगलागीमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् ।

रक्सीले मातेका एक व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदमत्त भएका उनले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो ।

सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्नुभएको छ । घटनापछि भागेका अपराधी खोज्न अनुसन्धान निकाय र विज्ञ सेवाले काम गरिरहेका खबरमा उल्लेख छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*