महिला विश्वकपमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गाेलले हरायाे

कोल्हवी न्यूज
२०८० श्रावण ५, शुक्रबार १५:१० गते

फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएको छ ।

आज शुक्रवार न्युजिल्यान्डको फरसिथ बार स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि खेलको ४५ औँ मिनेटमा रोमानो बाचमानले पेनाल्टीमार्फत गोल गरिन् । यस्तै खेलको ६४ औँ मिनेटमा सेरिना सेभेरिन पिउबेलले ६४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह (ए) मा रहेको स्विट्जरल्यान्डले ३ अङ्क जोडेको छ ।

यसअघि आजै भएको अर्को खेलमा समूह (बी) नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । यस्तै अहिले समूह (सी) को स्पेन र कोस्टारिकाबीच खेल भइरहेको छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*