विश्वकप सुरु हुनुअघि अकल्यान्डमा गोली प्रहार

कोल्हवी न्यूज
२०८० श्रावण ४, बिहीबार ०७:५८ गते

फिफा महिला विश्वकप सुरु हुन केही घन्टा अगाडि न्युजिल्यान्डको अकल्यान्ड सहरको केन्द्रमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । एक जना प्रहरीसहित छ जना घाइते पनि भएका छन् ।

बीबीसीका अनुसार त्यस घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । सहरको केन्द्रीय व्यावसायिक क्षेत्रमा यो घटना भएको हो । न्युजिल्यान्डका प्रधानमन्त्री त्रिस हिपकिन्सले पूरा घटनाक्रमको आतंकवादसँग सम्बन्ध नभएको बताएका छन् ।

उनले पूर्व कार्यक्रम अनुसार नै विश्वकपका खेल हुने पनि बताएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*