सप्तरी : १७ वर्षीया किशाेरीलाई सामूहिक बलात्कार गरेकाे आराेपमा ४ जना पक्राउ

कोल्हवी न्यूज
२०८० श्रावण २, मंगलवार १७:४०

सप्तरीको कञ्चनरूप नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कञ्चनरुप–१२ धर्मपुर टोलमा गएको शुक्रवार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार राईले जानकारी दिनुभयो । ‘घटनामा संलग्न रहेका चारै जनालाई नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

डीएसपी राईका अनुसार पीडितको जाहेरीपछि कञ्चनरुप–१७ कै कैलाश पोखरेल, सुदीप भुजेल, मनोज विश्वकर्मा र दिपेश सुवेदी पक्राउ परेका छन् । शुक्रवार राति किशोरीको घरमै पसेर उनीहरूले किशोरीलाई कोही नबस्ने छेउको घरमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*