एसिया कप : नेपालले भोलि भारतको सामना गर्ने

कोल्हवी न्यूज
२०८० असार ३१, आईतवार १७:३३ गते

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले भोलि ९सोमबार० भारत ‘ए’ को सामना गर्नेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र भारतबीचको खेल कोलम्बोस्थित आरपीएस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो २स्१५ बजेबाट सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो । यता उपाधि दाबेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० ‘ए’ लाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा पराजय भोगेका कारण सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले भारतविरुद्ध जित हात पार्नुपर्नेछ । सोमबारको खेलमा पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

सोमबार नै अर्को खेलमा पाकिस्तानले यूएईको सामना गर्नेछ । सेमिफाइनलको सम्भावना कायम राख्न यूएईले पनि पाकिस्तानलाई पराजित गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*