एसीसी इमर्जिङ टिम्स कप : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

कोल्हवी न्यूज
२०८० असार २९, शुक्रबार १७:२३ गते

एसीसी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमै नेपाल पराजित भएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो।

पाकिस्तानका मोहम्मद ताहिले अर्धशतक प्रहार गरे। उनले ६७ बलमा ६ चौकासहित ५१ रन बनाए।

ओमेर बिन युसुफ ३६, कामरान गुलाम ३१, साइम अयुब २४ र हसीबुल्लाहले १२ रन बनाए। मुबासिर खान १ र अम्माद बट ४ रनमा अविजित रहे।

नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए। यस्तै, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए।

त्यसअघि कोलोम्बो क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो।

नेपालका लागि तल्लोक्रमका ब्याटर सोमपाल कामीले अर्धशतकसहित सर्वाधिक ७५ रन प्रहार गरे। उनले १०१ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

यस्तै, प्रतिश जीसी २६, अर्जुन साउद र कुशल मल्ल १७/१७ रनमा आउट भए। ओपनर कुशल भुर्तेल १, अर्का ओपनर आशिफ शेख १२, कप्तान रोहितकुमार पौडेल ४, पवन सर्राफ १, गुलशन झा १३, रनमा आउट भए।

भीम सार्कीले भने खाता खोल्न सकेनन्। ललितनारायण राजवंशी १ रनमा अविजित रहे।

पाकिस्तानका शाहनवाज दहनीले ५ विकेट लिए। यता, मोहम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए। अब नेपालले दोस्रो खेल भारतसँग खेल्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*