आज नेपाल र पाकिस्तान भिड्दै

कोल्हवी न्यूज
२०८० असार २९, शुक्रबार ०७:४६ गते

 एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो पहिलो खेल  पाकिस्तान ‘ए’ सँग खेल्दैछ।

श्रील्रकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान सवा दश बजे सुरु हुनेछ।

जिम्बाब्वेमा भएको एकदिवशीय विश्वकप ग्लोबल छनोट खेलेको टिमबाट मुख्य प्रशिक्षक मोन्टी देसाइले पाँच खेलाडी परिवर्तन गरेका छन्। ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए।

सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले भने क्यानडामा हुने फ्रेन्चाइज लिगका कारण इमर्जिङ कप गुमाएका हुन्।

पवन सरार्फ, सन्दीप जोरा, सूर्य तामाङ, देव खनाल र श्याम ढकाल टोलीमा सहभागी छन्। कप्तान रोहित पौडेलले यो प्रतियोगिता एसिया कपको तयारीका लागि महत्वपूर्ण सावित हुने बताएका छन्।

नयाँ खेलाडीका लागि एक्सपोजरको अवसर रहेको भन्दै हरेक खेल जित्नका लागि मैदान उत्रने उनको भनाइ छ। मोहम्मद ह्यारिसको कप्तानीमा रहेको पाकिस्तानी टिममा सिनियर खेलाडी पनि रहेका छन्।

बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।  इमर्जिङ टिम्स एसिया कपमा पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमान छन्।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन्। नेपालले भने दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*