सुरक्षा अधिकारीको आडमा रौतहटमा लेखा अधिकृतकाे दादागिरी

आर्थीक वर्षको अन्तमा पछिल्लो एकसाता देखि कार्यालय नगएर कमिसनको भरमा बाहिरै बसेर लेखा अधिकृत यादवले चेक दिने गरेको कारण कार्यवाहक मेयर अम्बेया खातुन संगै कैयौंले गरेको कामको भुक्तानी हुनसकेको छैन।
संजय मिश्रा
२०८० असार २७, बुधबार १५:३२

रौतहट:रौतहटको फतुवा बिजयपुर नगरपालीकाका लेखा अधिकृत नवीन कुमार यादव एकजना सुरक्षा अधिकारीको आडमा व्यापक रूपमा भ्रष्टाचार गरीरहेको छ।

आर्थीक वर्षको अन्तमा पछिल्लो एकसाता देखि कार्यालय नगएर कमिसनको भरमा बाहिरै बसेर लेखा अधिकृत यादवले चेक दिने गरेको कारण कार्यवाहक मेयर अम्बेया खातुन संगै कैयौंले गरेको कामको भुक्तानी हुनसकेको छैन।

त्यस्तै करार सेवामा रहेका प्राबिधिक सहित झण्डै तिनादर्जन कर्मचारीले तलव पाउन बाट वञ्चित भएका छन्। नगरपालीका बाट गौर स्थित एउटा सुरक्षा कार्यालयका नाउँमा ४ लाख रुपैयाँको चेक दिएर पठाएपछि लेखा अधिकृत खुलमखुल्ला भ्रष्टाचारमा लागेकाे कार्यवाहक मेयरका श्रीमान सेराज अहमदले गुनासो गरेका छन।

आर्थीक वर्षको अन्तमा सम्पुर्ण स्थानिय तहका प्रमूख प्रशासकीय अधिकृत र लेखा अधिकृत कार्यालयमा बसेर विकाश निर्माणको काम गरेका समिति भुक्तानि, कर्मचारीको तलव, लगायत सम्बन्धित मानिसलाई काम अनुसारको भुक्तानी दिने गर्दछन्। तर लेखा अधिकृत नविन कुमार यादव पछिल्लो एकसाता देखि नगरको कार्यालय आउँदैनन।

उनि गरुडाका कूनै अज्ञात स्थलमा बसेर माग अनुसारको पिसी कमिसन दिनेलाई मात्र भूक्तानी दिरहेको सेवाग्राहीले बताएका छन। फतुवा विजयपुरको कार्यवाहक मेयर अमबेया खातुनको श्रीमानले लेखा अधिकृत नवीन यादवको गतिविधिको बारेमा रौतहटका सिडियाे धर्मेन्द्र कुमार मिश्रलाई ६ दिन अघि जानकारी दिएका थिए। तर पनि यादवको गतिविधिमा सुधार देखिएन।

आर्थिक वर्षको अन्तमा लेख अधिकृत यादव र प्रमूख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादव फतुव विजयपुर नगरपालीकामा नबसेको कारण विकास निर्माणका काम गरेका दर्जन बढी मानिसले भुक्तानी पाएका छैनन भने प्रायः सबै कार्यालय सहयोगीले तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन।

मेयर खातुनले सन्तपुर स्थित वार्थिङ सेन्टर, आधारभूत स्वास्थ केन्द्र हीमालिबास, वडा १देखि ११ सम्म सडक स्तरोन्नति लगायतको काम गरेका थिए। तर आर्थिक वर्षको अन्तमा लेख अधिकृत कार्यालय बाहीर बाटै चेक वितरण गर्ने कार्यालय न आउने गरेको कारण झन्डै एक करोड रुपैयाँको भुक्तानी हुन नसकेको सेराज़ महमदले वताएका छन।

त्यसैगरि फतुवा बिजयपुर नगरपालीकामा प्राबिधिक लगायत झन्डै तीन दर्जन कर्मचारी यस आर्थिक वर्षमा लेखा अधिकृतको लापरवाहीको कारण तलब खान नसकेको युवा नेता ज्ञानेन्द्र यादवले जानकारी दिएका छन।

महमद शेराज र करार कर्मचारी उदाहरण मात्र हो, उनको जस्ताे विकास निर्माणका काम गरेका दर्जन बढी मानिसले भुक्तानी पाउन नसकेको समाजसेवि यादवले गुनासो गरेका छन।

प्रमुख प्रशासकीय अधिकृत शम्भू यादव कहिले काहीँ कार्यालय आउनेजाने गरेपनी पछिल्लो एकसाता देखि लेखा अधिकृत नवीन कुमार यादव कार्यालय नआएर बाहिर बाट कमिसनको खेलमा लागेको उनले बताए।

जिल्ला सदरमुकाम गौर स्थित सुरक्षा अधिकारीलाई फतुवा-विजयपुरको विकासको बजेट बाट ४ लाख रुपैयाँ दिएकै कारण नगरवासीलेको कूनै वास्ता नगरेर लेखा अधिकृत नवीन कुमार यादव खूला भ्रष्टाचार गरीरहेको नगरबासीले बताएका छन।

उता लेखा अधिकृत यादव संग प्रतिक्रिया लिनखोज्दा उनी संग सम्पर्क हुन नसकेको हाम्रा सहकर्मीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*