बाराको शान्ति बृद्धा फाउन्डेसन द्वारा पुस्तकालय उद्घाटन सहित गर्यो बृद्धाहरुको सम्मान

कोल्हवी न्युज
२०८० असार २३, शनिबार १७:१२ गते

कोल्हवी:शान्ति बृद्धा फाउन्डेसन कोल्हवी ९ को सम्पर्क कार्यालय ,पुस्तकालय उदघाटन र जेष्ठ नागरिकहरुलाइ सम्मान एक कार्यक्रमको बिच कोल्हबि बजारमा शनिबार सस्थाको अध्यक्ष प्रेम नारायण चौधरीको अध्यक्षता सम्पन्न भएको छ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कोल्हबि नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरीले हामी सबै मिलि यस न पा भरिका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्नु पर्दछ।वृद्ध बृद्धालाइ सम्मान गरे मात्र असल समजको निर्माण हुन्छ र उहाहरुले सिकाएका बाटो लाग्नु पर्दछ ।यस न.पा.ले अगामी दिनमा यस फाउन्डेसनलाइ सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भयो।

कार्यक्रममा वडा न.१ का जेष्ठ नागरिक तुरनी थरुनि,वडा न.२ कि मन कुमारी बस्नेत,३ कि पलटि देवि चौधरी,४ का नरबहादुर भण्डारी,५ का तारा देवि आचार्य,६ कि बलकेसिया थरुनी, ७ कि मैया देवि मुखिया,८ का इन्द्र बहादुर नेपाल९ कि शिव कलिया देवि थरुनि,१०कि ढ्कनि देवि तेलिन ११ कि छठिहा देवि मलाहिन लाइ सम्मान स्वरुप नगद,कपडा र सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रम मार्फत सस्थाले गरेका कामहरु र आउने दिनमा सस्थाले गर्ने कामहरूको योजना बारे अध्यक्ष प्रेमनारायण चौधरीले बिस्तृत जानकारी दिनु भयो।कार्यक्रमको बिशिस्ट अतिथि नगर उप प्रमुख लक्ष्मि कुमारी चौधरी अतिथिहरु कोल्हबि नगर पालिका वडा न.१ का अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी,४ का बिशनु मैनाली,६ का दिनेश चौधरी,९ का दल बहादुर चौधरी,तामागढि साझेदारि वन समुहका अध्यक्ष रबिन्द्र पनुहर , कोल्हबि नगर उधोग वाणिज्य संघका लक्ष्मी साह,नगर उधोग वाणिज्य संघ कोल्हबिका संस्थापक अध्यक्ष महेश कुमार साह , इलाका प्रसासन कार्यालय कोल्हबिका प्रमुख नबिन चौधरी,नेपाली काङ्ग्रेस कोल्हबि नगर कमिटी सभापति बिरेन्द्र चौधरी, ने.क.पा एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी,नागरिक उनमुक्ति पार्टी कोल्हबि नगर अध्यक्ष भुवन चौधरी,इलाका प्रहरी कोल्हबिका प्रमुख भोलामान सिंह,सशस्त्रका प्रमुख बिश्व नाथ यादव लगायतको उपस्थिति रहेको थियोे।

कार्यक्रममा बिभिन्न माहनुभावहरुले टेवल,वाटर फिल्टर लगायत नगद सहयोग गर्नुभएको थियो।यस संस्थाले आफ्नो स्थापना काल देखि कोल्हवि नगर भित्र बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ। कार्यक्रममा स्वागत मन्तव्य प्रकाश चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*