श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियाे २ सय १४ रनकाे लक्ष्य

कोल्हवी न्यूज
२०८० असार १५, शुक्रबार १७:०९ गते

आईसीसी एकदिवसीय विश्वकप छनोटको ‘सुपर सिक्स’ खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयाे । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए । १३१ रन बनाउँदा ७ विकेट गुमाएकाे अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठाैँ विकेटका लागि ७७ रनकाे साझेदारी गर्दै टाेलीलाई सम्हालेका थिए । बलिङतर्फ नेदरल्यान्ड्सका लाेगन भान वीक र बास डी लिडेले ३/३ विकेट लिए ।

श्रीलङ्काले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*