शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

कोल्हवी न्यूज
२०८० असार १२, मंगलवार ०८:२६

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।

उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*