राष्ट्रपतिको मुटुमा फेरि जटिल समस्या, शल्यक्रिया गरि पेसमेकर राखियो, रहेनन् मन्त्री सिंह

कोल्हवी न्यूज
२०८० असार ६, बुधबार ०८:२३ गते

चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड (सीएनओएस) का प्रमुख वाङ युङ्गी र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन (पीएईसी) काका प्रमुख मोहम्मद रहमानले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्लान्ट पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुनेछ ।

सम्झौता कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफ पनि सहभागी थिए । प्रधानमन्त्री शरिफले यस योजनामा चाँडै नै काम थाल्ने बताएका छन् । उनले केही महिनाअघि कराँचीमा के–३ परमाणु ऊर्जा केन्द्रको उद्घाटन गरेको बताए । ‘यो सी–५ योजना पनि चाँडै सुरु गर्नेछौं,’ उनले भने । चीनले ४.८ अर्ब अमेरिकी डलर पाकिस्तानमा लगानी गर्ने भएको छ । यसले पाकिस्तान लगानीका लागि उपयुक्त स्थान भएको पुष्टि हुने शरिफले बताए ।

प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गरे । चीनले बेल्ट एन्ड रोड इनिसिटिभ (बीआरआई) प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने पनि जनाएको छ । यस प्रोजेक्टअन्तर्गत चीन, पाकिस्तान र युरोपलाई सडक, रेल र समुद्री यातायात जोड्ने योजना छ ।

पछिल्लो समय पाकिस्तान आर्थिक संकटको सामना गरिरहेको छ । कार्यक्रममा प्रधानमन्त्री शरिफले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सबै सर्त पालना गरे पनि किस्ता पाउन ढिलाइ भइरहेको बताए । ‘हामीले केही महिनाअघि नै आईएमएफबाट सहयोग पाउने आशा राखेका थियौं । तर, त्यो सम्भव भएन । अहिले चीनबाट हामीले सहयोग पाएका छौं,’ उनले भने । उनले चीनको अलावा साउदी अरब, यूएई र कतारबाट पनि सहयोग प्राप्त गरिरहेको जानकारी दिए ।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*