करेन्ट लागेर रौतहटमा दुई जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८० असार २, शनिबार १३:५१

करेन्ट लागेर रौतहटमा दुई जनाको ज्यान गएको छ । गएराति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिनुभयो ।

घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*