धारिलो हतियार प्रहार गरी भाइले गरे दाइको हत्या

कोल्हवी न्यूज
२०८० जेष्ठ ३०, मंगलवार १२:३९

काठमाडौँको ओमबहालमा धारिलो प्रहारगरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गएराति २५ वर्षीय भाइ सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्यको हत्या गरेका हुन् ।

उनलाई काठमाडौंको सिफलबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार गएराति दाजु सूर्यलाई धारिलो हतियार प्रहार गरी फरार सुरजलाई मंगलवार बिहान पक्राउ गरिएको हो ।

घरायसी विवाद हुँदा उनले घरमै काठमाडौं महानगरपालिका-२३ ओमबहाल दाजुलाई ह्यामर र धारिलो हतियार प्रहारगरी हत्या गरेका थिए । दाजुको हत्या भएको आफन्तले भने बिहान मात्रै प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार मदिरा सेवन गरी घर आएका सूर्यले आमालाई गालीगलौज गरेपछि उनीहरूबीच विवाद भएको थियो ।

जानकारी पाएको एक घण्टामै आरोपितलाई पक्राउ गरिएको रिजालले बताए । दाजुभाइबीच घरायसी विवाद हुँदा गएराति १२ बजे सुरजले दाइलाई ह्यामर र धारिलोले हानेर हत्या गरेछन्, उनले भने, तर, आफन्तले भने बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खरब गरे । खबर गरेको एक घण्टामै हामीले आरोपितलाई समातेका छौं ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*