यू–२० एसियन कप छनोट : पहिलो जितको खोजीमा नेपाल, आज चीनसँग भिड्दै

कोल्हवी न्यूज
२०८० जेष्ठ २५, बिहीबार ०७:५४ गते

म्यानमारमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज चीनसँग खेल्दैछ । नेपाल र चीनबीचको खेल याङ्गुनस्थित थुवुन्ना स्टेडियममा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको नेपाल आज चीनविरुद्ध जित निकाल्ने सोचमा छ । यद्यपि चीनविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

पहिलो खेलमा चीनले चाइनिज ताइपेलाई १–० ले हराएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ । चीन भने ३ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेको सामना गर्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले हराउँदै दोस्रो चरणको यात्रा गरेको थियो । ​

नेपाली टोली : गोलरक्षक– कविता विक, लिला जोशी र सावित्री किसान । ​

डिफेन्डर– सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ ।

मिडफिल्डर– सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी ।

फरवार्ड– गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*