ओडिशाको विभत्स दुर्घटना : रेल चालकको देखिएन दोष, कसको षड्यन्त्र ?

कोल्हवी न्यूज
२०८० जेष्ठ २३, मंगलवार ०८:२४

भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा २७५ जनाले ज्यान गुमाए तर दुर्घटनाको स्पष्ट कारण अझै पत्ता लाग्न सकेको छैन ।

घटनाको छानबिनका लागि सीबीआईलाई जिम्मा दिइएको छ । रेल मन्त्रालय वा रेल विज्ञले छानबिनमा जिम्मा लिएनन्, बरु अपराध अनुसन्धान गर्ने निकाय सीबीआईलाई जिम्मा दिइयो ।

दुर्घटनामा चालकको गल्ती वा लापरवाही नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्प्युटरमार्फत प्राविधिक निर्देशनमा रेल सेवा सञ्चालन हुने भएकाले प्रविधिमा कसरी र कहाँ छेडछाड भयो भनेर अनुसन्धान गर्न सीबीआईलाई जिम्मा लगाइएको छ ।

ओडिशाको बालासोर स्टेसनमा रेल गुड्ने ४ लीग छन्, जसमध्ये २ मुख्य लीग र २ लूप लीग हुन् । मुख्य लीगमा रेल घुम्न सक्दैन भने लूप लीगमा रेल घुमाउन सकिन्छ । मुख्य लीग बीचमा र लूप लीग किनारमा हुन्छ ।

दुर्घटना भएको बेला दुवै लूप लीगमा मालबाहक रेल थिए । हावडाबाट आइरहेको कोरोमन्डल एक्सप्रेसका चालकलाई ‘हरियो बत्ती’ मिलेको थियो, जसअनुसार कोरोमन्डलले मुख्य लीगमा सिधै जानुपर्ने थियो तर कोरोमन्डल अकस्मात लूप लीगमा पुग्यो । जहाँ पहिल्यैदेखि मालबाहक रेल थिए ।

यसरी कोरोमन्डल एक्सप्रेस मालबाहक रेलमा ठोक्किएर दुर्घटना भयो । कोरोमन्डलका चालकले दिएको अन्तिम बयानमा उनलाई हरियो बत्ती मिलेको थियो ।

लीगमा १३० किलोमिटर प्रतिघण्टाको गतिमा सामान्य मानिन्छ । कोरोमन्डल १२८ किलोमिटरको गतिमा मात्रै थियो । त्यसैले दुर्घटनामा तीव्र गतिलाई कारवाही मानिएको छैन ।

कोरोमन्डल दुर्घटना भएपछि त्यसका केही डिब्बाहरू उछिट्टिएर मुख्य लीगमा पुगे । जुन लीगमा यशवंतपुर हावडा एक्सप्रेस गुडिरहेको थियो । त्यहाँ पुगेपछि कोरोमन्डलका डिब्बाहरूसँग ठोक्किएर हावडा एक्सप्रेस पनि दुर्घटनामा पर्‍यो । यसरी २ यात्रुबाहक र १ मालबाहक रेल दुर्घटनामा परे । दुर्घटनापछि सबै लीगहरू क्षतविक्षत भएका छन् ।

प्रविधिको विकाससँगै रेलको लीगमा सिग्नल दिने काम कम्प्युटर प्रविधिबाट हुँदै आएको छ । सम्भावित खतरा रहेको अवस्थामा रेललाई ‘हरियो बत्ती’ किन दिइयो रु मुख्य लीगमा हुनुपर्ने कोरोमन्डल लूप लीगमा कसरी पुग्यो रु यी विषयमा छानबिन भइरहेको छ ।

कम्प्युटर प्रविधिमा कसैले छेडछाड गरेको हुनसक्ने आशंका गर्दै सीबीआईले आपराधिक कोणबाट समेत छानबिन गरिरहेको छ । अनुसन्धानबाट षड्यन्त्रकारीलाई खोज्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*