उपाधि जितेको बार्सिलोना पराजित
स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना पराजित भएको छ । बुधबार विहान सकिएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
उपाधि पक्का गरेपछि बार्सिलोना लगातार दोस्रो खेलमा विपक्षीलाई नतिजा सुम्पिन पुग्यो ।
बार्सिलोनाविरुद्ध जित निकाल्दा भालाडोलिडका साइल लरिन गोन्जालो प्लाटाले एक एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । बार्सिलोनाले खेल सुरु भएको दोस्रो मिनेटमै भालाडोलिडलाई उपहार दिएको थियो । बार्सिलोनाका आन्द्रेस क्रिस्टिेन्सेनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
२२ औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरेपछि भालाडोलिड २–० ले अघि बढ्यो । ७३ औं मिनेटमा गोन्जालो प्लाटाले गोल थपेपछि बार्सिलोनाविरुद्ध भालाडोलिड ३–० को अवस्थामा पुगेको थियो ।
तर, ८४ ओं मिनेटमा रोबर्ट लेवान्डास्कीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारे पनि त्यो पर्याप्त भएन ।
बार्सिलोना ३६ खेलबाट ८५ अंक रहेको छ भने जित निकालेको भालाडोलिड ३८ अंकका साथ १७ औं स्थानमा छ ।










