काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने

कोल्हवी न्यूज
२०८० जेष्ठ १०, बुधबार ०७:४२ गते

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा आज नेपाल र भारत भिड्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुने यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुनेछ ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो भने भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको हो।

नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

आजै बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ यस्तै श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तान पनि भिड्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*