विवेक अग्निहोत्रीको कटाक्ष- कान्स फिल्म फेस्टिभल हो, फेसन शो होइन

कोल्हवी न्यूज
२०८० जेष्ठ ८, सोमबार १२:४५ गते

भारतीय निर्देशक विवेक अग्निहोत्रीले कान्स फिल्म फेस्टिभलमा सहभागी हुने अभिनेत्रीको पहिरनमाथि कटाक्ष गरेका छन्।

उनले ट्विटरमार्फत कान्स फेसन शो नभई फिल्म फेस्टिभल रहेको बताएका छन्।

‘के तपाईंहरूलाई थाहा छ कान्स फिल्म फेस्टिभल हो, कुनै फेसन शो होइन? आज म तपाईंहरूलाई याद गराउँछु कि यो कुनै फेसन शो होइन,’ उनले लेखेका छन्।

यसअघि उनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पहिरनलाई पनि ट्रोल गरेका थिए।

‘के तपाईंले कस्ट्युम स्लेभ्स सुन्नु भएको छ? कस्ट्युम स्लेभ्स अर्थात कपडा सम्हाल्न राखिएको नोकर। यो काम धेरैजसो केटीहरूलाई लगाइन्छ। अहिले भारतमा पनि उनीहरूलाई हरेक अभिनेत्रीसँग देख्न सकिन्छ। हामी फेसनको लागि यति पागल भइसक्यौं कि जस्तो असहज लुगा पनि लगाउँछौं,’ उनले लेखेका थिए।

Ncell

 

अभिनेत्री ऐश्वर्याको कान्स लुक्स बाहिरिएसँगै सामाजिक सञ्जालमा ट्रोल भएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पहिरनको तुलना ‘गिफ्ट र्‍यापर’ सँग गरिरहेका थिए। केही व्यक्तिले उनलाई फिल्म ‘कोइ मिल गया’ को ‘जादू’ जस्तै देखिएको बताएका थिए।

यसवर्ष फ्रान्समा भएको ७६ औं कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या राय, सारा अली खान, मृणाल ठाकुर, मानुषी छिल्लर, ईशा गुप्तालगायत सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*