प्रिमियम लिगकाे उपाधीमा म्यानचेस्टर सिटीको ह्याट्रिक
२०८० जेष्ठ ७, आईतवार ०७:४४ गते
जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ।
शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १(० ले पारजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो। आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो।
लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ। युनाइटेडले १९९८र२००१ र २००६र२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो।










