आईपीएल : कोलकातामाथि रोमाञ्चक जित हात पार्दै लखनऊ प्लेअफमा

कोल्हवी न्यूज
२०८० जेष्ठ ७, आईतवार ०७:३८

कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनऊ सुपर जायन्ट्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

कोलकाताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनऊले १ रनको रोमाञ्चक जित दर्ता गरेको हो। लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन मात्र बनायो ।

शुरूआती ब्याटिङ गर्दै लखनऊले १७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै कोलकाताले लक्ष्य भेट्टाउन सकेन। अन्त्यसम्म खेल्दा कोलकताले सात विकेटमा १७५ रन मात्रै बनाउन सक्यो ।

जितसँगै १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोडेको लखनउले तेस्रो स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरेको हो। यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किङ प्लेअफमा पुगिसकेका छन् ।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*