पञ्जाब प्लेअफको होडबाट बाहिरियो, यशस्वी र देबदत्त चल्दा राजस्थानको प्लेअप सम्भावना कायम

कोल्हवी न्यूज
२०८० जेष्ठ ६, शनिबार ०८:२० गते

इण्डियन प्रिमियर लिग (आईपीएल) मा जारी सिजन प्लेअफको होडबाट बाहिरिने पञ्जाब किंग्स तेस्रो टोली बनेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको पराजय ब्यहोरेसँगै पञ्जाब प्लेअफको होडबाट बाहिरिएको हो। यसअघि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद पनि बाहिरिसकेका छन् भने गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।

हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जसका लागि साम करनले सर्वाधिक अविजित ४९ रन बनाउँदा जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन बनाए। त्यस्तै अथर्ब ताइडेले १९ तथा कप्तान शिखर धवनले १७ रन बनाए। बलिङतर्फ राजस्थानका नवदीप शैनीले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। राजस्थानका लागि देवदत्त पार्डिकलले सर्वाधिक ५१ रन बनाउँदा यशस्व जसवालले ५०, सिनरन हेटमायरले ४६ तथा रियान परागले २० रन जोडे। बलिङतर्फ पञ्जाबका कागिसो रबाडाले २ विकेट लिँदा साम करन, अस्रदीप सिंह, नाथन इल्लिस र राहुल चहरले समान १ विकेट लिए। १४ खेलबाट १४ अंक जोडेको राजस्थानले भने प्लेअफको सम्भावनालाई जिवित राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*