एनएसी काभा महिला भलिबल च्यालेन्ज कप खेल्न काजकिस्तानको टोली काठमाडौंमा

कोल्हवी न्यूज
२०८० जेष्ठ ६, शनिबार ०८:०२ गते

एनएसी काभा महिला भलिबल च्यालेन्ज कप खेल्न विदेशी टोली आउने क्रम सुरु भएको छ । सोमबारदेखि काठमाडौंमा आयोजना हुन लागेको प्रतियोगिताका लागि काजकिस्तानको टिम आइपुगेको हो । उक्त टिमलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसहितको टोलीले गयराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वावगत गरेको हो ।

यस प्रतियोगितामा नेपाल लगायत भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, काजाकिस्तान, किर्गिस्तान र उज्बेकिस्तान गरि राष्ट्रको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि खेलहरु खेलाइनेछ । समूह ए मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यस्तै समूह बी मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्बेकिस्तान रहेका छन्

यस प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले विशेष सहयोग प्रदान गरेको छ । यस्तै अन्य सहयोगी संघ संस्थाहरुमा राष्ट्रिय बाणिज्य बैंक, केल्मी नेपाल, अभिवादन ट्राभल्स एण्ड टुस, प्रबर्धन पार्टनरको रुपमा नेपाल पर्यटन बोर्ड, हस्पिटालिटी पार्टनरको रुपमा हायात प्यालेस, कम्यूनिकेसन पार्टनरमा नेपाल टेलिकम, मिडिया पार्टनरमा हाम्रो खेलकुद, मेडिकल सपोर्टरमा फ्रन्टलाईन हस्पिटल, मार्केटिङ एण्ड ईभेन्ट पार्टनर १०० स्पोर्टस् रहेको छ ।

विद्यालय भलिवल कमिसन, होटल क्राउन प्लाजा नक्साल, ढोरपाटन स्पोर्टस् क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल एयरलाइन्स, नेपाल भलिबल संघ कोरिया, अष्ट्रेलिया, जापान, अमेरिका लगायत देशवाट सहयोग रहेको छ ।

प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ। जसमा आर्थिक व्यवस्थापन,प्रचार प्रसार, सुरक्षा व्यवस्थापन, प्राविधिक व्यवस्थापन, समारोह व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथी सत्कार व्यवस्थापन, भत्यु व्यवस्थापन, सोमिनियर व्यवस्थपान र अनुसाशन समिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु दुई करोड ७१ लाख लाग्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*