बाराको आदर्श कोतवालमा आगलागीबाट एक घरमा क्षति,एक जना गम्भीर घाइते

नुर आलम बादशाह
२०८० जेष्ठ १, सोमबार ०९:४५

कोल्हवी:बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १,चिउटाहामा गएराती लाम्खुट्टे धपाउन बालिएको घुरबाट सल्किएर स्थानीय मनोज यादवको घर जलेर पूर्णरूपमा नष्ट भएको छ ।
गएराती १२ बजेको समयमा उक्त आगलगी भएको इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले जानकारी दिएको छ। आगलागीबाट घरमा रहेको दुईवटा भैंसी, तीनवटा बाख्रा,अन्नपात, लत्ता कपडा लगायतका सम्पूर्ण सामान पूर्ण रूपमा जलेर नष्ट हुँदा करीब ८ लाख बराबरको क्षति भएको जनाईएको छ ।
आगलागीमा परेर घरधनी मनोज यादवकी श्रीमती गम्भीर घाईते भएकी छीन भने उनका छोरा र छोरी सामान्य घाइते भएका छन् । घाइतेहरुको बीरगंजमा उपचार भइहेको वडा अध्यक्ष सुनील प्रसाद कुशवाहाले बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*